साउदीमा रेष्टुरेन्ट प्रवेशका लागि महिलामाथि गरिएको कडाइ खुकुलो

87
  •  
  •  
  •  

एजेन्सी । साउदी अरेबियामा सार्वजनिक होटल तथा रेष्टुरेन्टहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइ खुकुलो पारिएको छ ।

साउदीको ग्रामिण मन्त्रालयले महिलामाथि लगाइएको प्रतिवन्ध हटाइको हो । यसअघि सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था थियो । नयाँ ब्यवस्था अनुसार अबदेखि महिलाहरुले जुनसुकै ढोकाबाट पनि होटल तथा रेष्टुरेन्टहरुमा प्रवेश गर्न पाउनेछन् ।

यसअघि साउदीमा परिवारका सदस्यबाहेक अन्यसँग होटलमा जान महिलालाई कडाइ गरिएको थियो । दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरिएकोमा आधिकारकर्मीहरुले खुसी प्रकट गरेका छन् । यसअघि मतदान गर्न पाउने र सवारी चालक अनुमतिपत्र पाउने ब्यवस्था सरकारले गरेको थियो ।


  •  
  •  
  •