साउदी सरकारले दियो २ सय ४ जनालाई बहिर्गमन भिसा

635
  •  
  •  
  •  

काठमाडौं । साउदी सरकारले २ सय ४ जनालाई बहिर्गमन भिसा दिएको छ । साउदीमा कम्पनीले आवासीय अनुमतिपत्र अकामा नबनाइदिएका र नवीकरण नगरेका कारण स्वदेश फर्कनको लागि आवश्यक समन्वय गर्न दूतावासले साउदी सरकारलाई गरेको अनुरोध अनुसार २०४ जनाको बहिर्गमन भिसा लागेको दूतावासले जनाएको छ ।

साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । यो नहुँदा स्वदेश फर्कन पाइँदैन। त्यसैले विभिन्न समयमा स्वदेश फर्कने इच्छा राख्दै दूतावासमा आफ्नो विवरण टिपाउनेमध्ये २०४ जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । अन्यको पनि साउदीले भिसाको दिने प्रक्रिया थालेको छ । दूतावासमा विवरण टिपाउनेहरुको विवरणसहित दूतावासले साउदी सरकारलाई अनुरोध गरिसकेको छ ।

यसरी फर्कनेहरुले भिसा लागेको ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्कनुपर्छ । आउँदो हप्ता रियाद र दमामबाट केही उडानहरु हुने भएकाले यी उडानमार्फत स्वदेश फर्कने प्रयास गर्न दूतावासले अनुरोध गरेको छ ।

साथै, बहिर्गमन भिसाका लागि आवेदन दिन बाँकी रहेका अकमा नभएका, हुरुव (रोजगारदाताले मुद्दा लगाइदिएको) लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने दूतावासले जनाएको छ ।

हेर्नुहोस् सूचना

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसा (Exit visa) को लागि २०७६ पौष, माघ र फागुनमा र अन्य निवेदन दिएका मध्ये केही व्यक्तिहरुको भीसा प्राप्त भएको सूचना ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ । वहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भइरहेको छ ।

यो प्रकृयो थालनी पछि सरकारले थप ६९ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । यस अघि १३५ जनाले भीसा प्राप्त गरेको सूचना प्रकाशित गरिसकिएको छ । यसरी २०४ जनाले यस प्रकारको भीसा प्राप्त गरेका छन् । भीसा लागेकाहरु भीसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ । आगामी हफ्ता रियाद तथा दम्मामबाट केही उडानहरु हुने भएकाले यी उडानबाट स्वदेश फर्कने प्रयास गर्नुहुन माथि उल्लेख भीसा लागेका सबैमा अनुरोध छ ।

साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन पनि अनुरोध छ ।
————————-
नेपाली राजदूतावास
रियाद ।
२०७७।३।१८


  •  
  •  
  •