साउदी अरेवियाको श्रम क्षेत्रमा सुधार, रोजगारदाताको अनुमतिबिना काम परिवर्तन र घर फर्कन पाउने

81
  •  
  •  
  •  

काठमाडौं । साउदी अरेवियाले आफ्नो श्रम क्षेत्रमा ठूलो सुधारको घोषणा गरेको छ। यसले मजदुरहरुमा काम परिवर्तनको अवसर दिने छ। साथै रोजगारदाताको अनुमतिबिना निस्कासन तथा पुनः प्रवेश भिसाको सुविधा पनि पाउने गल्फ न्यूजले उल्लेख गरेको छ ।

त्यहाँको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले लेवर रिफर्म इनिसिएटिभ (एलआरई)ले कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको विकास गर्ने अपेक्षा गरेको जनाएको छ।

मन्त्रालयले यो परिवर्तन मार्च १४ २०२१ बाट लागू हुने जनाएको छ। यो परिवर्तन सबै प्रकारका कामदारहरुमा लागू हुनेछ। साथै यस सुधारले मजदूर र रोजगारदाताको अधिकारको रक्षा गर्ने जनाएको छ।

तीन करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा एक करोड ५ लाख बराबर विदेशी जनसंख्या रहेको छ । साउदीले ल्याएको यो नयाँ नियमले नेपाली श्रमिकलाई पनि ठूलो फाइदा पुग्ने छ । साउदी अरेबिया नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश हो ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार त्यहाँ झण्डै ३ लाख ५० हजार नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । यो परिवर्तनले मजदुरले रोजगारदाताको स्वीकृति बिना काम परिवर्तन गर्न पाउने छन्। साथै रोजगारदाताको अनुमतिबिना साउदी बाहिर जान पाउने छन्। र, पुन प्रवेशाज्ञा समेत पाउने छ।

आफ्नो कामको अनुबन्धन समाप्त भएसँगै रोजगारदाताको अनुमतिबिना देश छाड्न समेत कामदारले पाउने मन्त्रालयले जनाएको छ। यसको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराइने छ। यी सबै सेवा स्मार्ट फोन एप्लिकेसन, मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको वेबसाइटबाटसमेत प्राप्त गर्न सकिने छ।


  •  
  •  
  •