नोवेल पुरस्कार विजेता सत्यार्थीले शुक्रबार सभासदहरुलाई प्रवचन दिदै

167
  •  
  •  
  •  

Kailash Sathyartiकाठमाडौ, ३ पुस (ओएनएस) : यस वर्षको नोवेल शान्ति पुरस्कारबाट सम्मानित कैलाश सत्यार्थीले भोलि शुक्रबार सभासदहरुलाई प्रवचन दिने भएका छन् । सत्यार्थीले शुक्रबार दिउसो संविधानसभाको ल्होत्से हलमा आफ्नो मन्तब्य राख्नेछन् । उक्त कार्यक्रम २ घण्टाको लागि तय भएको छ ।

भारतका सामाजिक कार्यकता सत्यार्थीले नेपाल बसाईको दौरान संसदको महिला, बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्ने बिषयमा गर्ने छलफलमा भाग लिनेछन् । भारतको बाल बचाउ आन्दोलनका सत्यार्थी समितिको निम्तोमा शुक्रबार नै काठमाडौं आउाने कार्यक्रम छ ।

समितिले सभासद डिल्ली चौधरीको पहलमा नोवेल पुरस्कार विजेता सत्यार्थीलाई नेपालमा बोलाएको हो । शिक्षा क्षेत्रमा गरेको योगदानको सम्मान स्वरुप सत्यार्थीसँगै पाकिस्तानकी १६ बर्षिया मलाला युसफजाईले संयुक्त रुपमा सन् २०१४ को नोवल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।


  •  
  •  
  •