‘तपाईको काममा भावी पुस्ताले गर्व गर्न सकोस्’ : सत्यार्थी

417
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस (ओएनएस) :  यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता भारतका सामजशेवी कैलाश सत्यार्थीले भावी पुस्ताले गर्व गर्न सक्नेगरि काम गर्न सभासदहरुलाई सुझाव दिएका छन् ।

भारतका प्रसिद्ध बालअधिकारकर्मी सत्यार्थीले व्यवस्थापीका संसद अन्र्तगतको महिला वालवालिका समितिले आयोजना गरेको कार्यक्रममा कुनै ब्यक्तिले अहिले गरेका राम्रा कामले भावी पुस्ताले मुल्याङ्कन गर्ने र राम्रो भएमा त्यसमा गर्व गर्ने भएकाले असल काम गर्नको लागि पछि पर्न नहुने बताएका हुन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सत्यार्थीले अब बन्ने नेपालको संविधानमा बालिबालिकाको सुरक्षाको लागि विशेष व्यस्था गर्नको लागि पहल गर्न पनि सभासहदरुलाई सुझाव दिए । सत्यार्थीले वालवालिकालाई मजदुरीमा सहभागि गराउनु, पढाइबाट बच्चित गरिनु तथा सानो उमेरमा विहास गरिनु सबै उनिहरु माथि गरिएको हिंसा भएकोब बताए । उलने नेपाली चेलीहरुलाई भारतमा आफुले उद्धार गरेको हृदयविदारक घटनाहरु समेत सुनाएका थिए ।

यता सत्यार्थीले बजेट निर्माण गर्दा हसिला बालबालिकाको मुहार सम्झिन नेपालको राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् । आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलसँग भेट गर्दै सत्यार्थीले गरिबी, अशिक्षा र बाल मजदुरको दुस्चक्रले बालअधिकारको सदैव हनन् भैरहेको उल्लेख गर्दै राष्ट्रिय बजेट निर्माण गर्दा त्यसतर्फ ध्यान दिन सुझाव दिए । आफूले पाएको पुरस्कार भारत, नेपाललगायत विश्वका सबै बालबालिकाको लागि भएको पनि उनले बताए ।

त्यसअघि एपेक्स लाइफ स्कुलल गरेको कार्यक्रममा पनि पुरस्कार बालबालिकाको भएको बताए । उनले भने “यो पुरस्कार विश्वभरिका बालबालिकाको लागि हो, बाल हित र अधिकारकै लागि मेरो प्रयास निरन्तर जारी रहनेछ”े
“मैले नोबेल पुरस्कार प्राप्त गरिसकेपछि विश्वभरबाट १० हजार बढी निमन्त्रणा आए तर पहिला मेरा छोराछोरी, भाइबहिनी सम्झेर नेपाल आएँ”– सत्यार्थीले भने । सत्यार्थी दिने नेपाल भ्रमणमा आएका हुन् ।


  •  
  •  
  •