‘नेपाल मेरो कर्मभूमि हो, यहाँका बालवालिकासँग म जोडिएको छु’

338
  •  
  •  
  •  

काठमाडौ, ६ पुस (ओएनएस) : यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता भारतका समाजसेवी कैलाश सत्यार्थीले नेपालमा लोकतन्त्र, शान्ति, स्थायीत्व र समृद्धिको लागि ढिला नगरी संविधान लेख्नुपर्ने सुझाव दिएका छन् ।

रिपोर्टस् क्लबले आइतबार आयोजना गरेको कार्यक्रमा सत्यार्थीले भने ‘महात्मा बुद्ध र पशुपतिको धर्तिका नेताहरुले साना–साना कुराबाट माथि उठेर मुलुकलाई संविधान दिनुपर्छ । प्रगतिशिल र समावेशी संविधान बनोस् ।’

सत्यार्थीले करुणा, स्वतन्त्रता, मानवअधिकार, समानता, न्याय सबैबाट प्रेरित भएको बालमैत्रि संविधानदिनुपर्ने धारणा राख्दै त्यसो गर्न सके भावी पुस्ताले सबै राजनीतिज्ञहरुलाई सम्मान गरिरहने विश्वास व्यक्त गरे ।
जन्मभूमि भारत भएपनि नेपाल आफ्नो कर्मभूमि भएको भन्दै उनले यहाँका बालवालिकासँग जोडिएर

कामगर्ने ईच्छा जाहेर गरे । उनले भने–नेपाल मेरो दोस्रो घर हो, यहाँका जोखिमपुर्ण क्षेत्रसँग समन्वय गरेर काम गर्न तयार छु । शिक्षा स्वास्थ्यबाट कोही बञ्चित हुनुहुँदैन ।’

नेपालका नौजवानहरुले विदेशमागएर श्रम सिप खर्चिरहेको उल्लेख गर्दै सत्यार्थीले उनीहरुलाई यहाँ नै अवसर दिए उनीहरुले नेपालको विकास गर्न सक्ने दावी समेत गरे ।


  •  
  •  
  •