संविधानमा बालअधिकार सुनिश्चित गर्न सत्यार्थीको आग्रह

221
  •  
  •  
  •  

दाङ, ५ पुस (ओएनएस) :  यस बर्षको नोवेल शान्ति पुरस्कार विजेता भारतका समाजसेवी कैलाश सत्यार्थीले बालअधिकार सुनिश्चित गर्न नयाँ संविधान तोकिएको मितिमा जारी गर्न सुझाव दिएका छन् ।

दाङको तुलसीपुरमा शनिबार अभिनन्दन गरेपछि सत्यार्थीले संविधानमा बालअधिकारका विषयमा लेख्न पनि उनले सभासदहरुलाइ सुझाव दिएका छन् । वालवालिका उन्नत राष्ट्रका कर्णधार भएको भन्दै उनले बालअधिकारको लडाइलाइ विश्व व्यापिकरण गर्न समेत आव्हान गरे ।

सात्यार्थीले आफुले मात्रै नोवेल पुरस्कार नपाएको भन्दै यो पुरस्कार आम अधिकार बिहिन बालबालिकाहरुको भएको पनि स्पष्ट पारे । ‘यो पुरस्कार आम अधिकार विहिन बालबालिकाहरुको अधिकारको विजय हो, नेपाली बालबालिकाहरुको पनि हो’ सत्यार्थिले भने । साथै उनले गरीविको मुख्य सत्रु गरीबि भएको भन्दै गरीबिलाइ अशिक्षाले हटाउने बताए ।

सत्यार्थीले दुनियांमा कुनै अवोध बालबालिकाहरु बन्धक र सोसित हुनवाट बचाउन आफु सधैभरी लागी पर्ने समेत बताउनु भयो । उहाले अर्काे प्रशंगमा वोल्दै नेपाल र भारतबीचको सम्बन्ध रोटी, माटो र धर्म र संस्कृतीसंग जोडिएको भन्दै भारतले नपालमा गरिबिबाट हटाउनका लागि सहयोग गर्नुपर्ने बताए ।

सत्यार्थीले नेपाल विश्वकै फरक पहिचान वोकेको देश भएको हुदां यहांका हरेक युवा शक्तिहरु पैसा कमाउन विभिन्न खाडि मुलुकमा जानुपर्ने बाध्यता भएको हुदा त्यसलाई रोक्न दुई छिमेकी राष्ट्र भारत र चीनले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । उनले नेपालमै शिक्षा र रोजगारको अवसर मिलाउन छिमिकी मुलुकहरुले भुमिका खेल्नु पर्ने बताए ।


  •  
  •  
  •