‘सभासदलाई एसएमएस रेडियो अभियान’ को प्रतिवेदन नेम्वाङलाई

101
  •  
  •  
  •  

काठमाडौं, २९ असोज(ओएनएस) :  साथिसँग मनका कुराले  ‘सभासदलाई एसएमएस अभियान’को प्रतिवेदन सभामुख सुवास नेम्वाङलाई प्रदान गरेको छ ।

नयाँ बन्ने संबिधानमा किशोरकिशोरी र युवाहरुका के कस्ता बिषयहरुलाई समावेश गर्नुपर्छ भन्ने विष्यमा तयार गरिएको सो अभियानको प्रतिवेदन बुधवार नेम्वा ण्लाई बुझाएको हो ।

अभियानमा १३ बर्षदेखि २२ बर्षसम्मका किशोरकिशोरीहरु र युवाहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको बताइएको छ । ३ महिने  एसएमएस अभियानमा प्राप्त २ हजार ८७ मध्ये ६ सय १ एसएमएसएस समावेश गरि एउटा प्रतिबेदन तयार गरिएको छ  ।
संबिधानमा किशोरकिशोरी र युवाहरुको सहभागिमुलक बनाउने र उहाँहरुको कुराहरु राजनितिक संवाद समिती समक्ष पु¥याउने आश्वासन पनि दिएका छन् ।

नेम्वाङले साथीसँग मनका कुरा रेडियो कार्यक्रम र  किशोरकिशोरीहरुको यो प्रयासबाट संबिधान सभाको संविधान निर्माण प्रक्रियालाई सकारात्क रुपमा टुङ्गोमा पु¥याउन धेरै मद्दत गर्ने बताए ।

साथै यसप्रकारको अभियान सुरु गरेर सभासदहरुलाई जिम्मेवार बहन गर्नमा मद्दत पु¥याएकोमा साथी सँग मनका कुराको टिम, इक्वल एक्सेस नेपाल र युनिसेफ नेपाललाई पनि धन्यवाद दिए ।

यस प्रतिबेदनमा साङ्केतिक रुपमा ६०१ वटा किशोरकिशोरी र युवाहरुका  गुनासा, समस्या, प्रश्न र सुझावहरुलाई समाबेश गरिएको छ । त्यस मध्ये ५५.७ प्रतिशत किशोरी र ४४.३ प्रतिशत किशोरको सहभागिता रहेको थयो । नेपालको ७५ जिल्लाकै किशोरकिशोरीहरुको यस अभियानमा  सहभागिता रहेको थियो ।

सभासदलाई एसएमएस रेडियो अभियानमा किशोरकिशोरीहरुले मुख्य समस्याका रुपमा बालबिबाह, बेचबिखन, यौन हिंसा र शोषण, किशोरकिशोरी बिरुद्ध स्कुलमा  हुने शारिरीक तथा मानसिक यातना, नयाँ बन्ने संबिधानमा किशोरकिशोरीको अर्थपूर्ण सहभागिता, साइबर अपराधलाई उल्लेख गरिएको बताइएको छ ।


  •  
  •  
  •