स्वास्थ्य मन्त्रालयले माग्यो १९१ कर्मचारी

66
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा १९१ कर्मचारी मागेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिनाका लागि देशभर १ सय ९१ जना कर्मचारी मागेको हो ।

बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ७ दिनभित्र दरखास्त दिनुपर्ने बताएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेका बेला मन्त्रालयले सबै प्रदेशका लागि करारमा स्वास्थ्य सम्बन्धी विभिन्न विषय पढेका जनशक्ति मागेको हो ।

केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङ, कोभिड–१९ का बिरामीहरुको पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला सम्बन्धी तथ्यांक संकलनलाई व्यवस्थित गर्न सातै प्रदेशमा करारमा कर्मचारी मागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सीआइसीटी सहजकर्ता, अस्पताल बिमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्ता लगायत पदका लागि दरखास्त मागेको हो ।

मन्त्रालयले अनलाइनबाट दरखास्त फारम भर्न सकिने जनाएको छ । १८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले मात्र दरखास्त दिन सक्ने छन् ।


  •  
  •  
  •