राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला विजयी

252
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल राष्ट्रियसभाको उपाध्यक्षमा विजयी भएकी छिन।

अाज संसद भवन नयाँ वानेश्वरमा भएको निर्वाचनमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन्।

नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाकाे पक्षमा ११ मत मात्र खसेकाे छ।

राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २/२ सांसद रहेका छन् ।


  •  
  •  
  •