कांग्रेसले मात्र गर्न सक्छ मधेस समस्या समाधानः महामन्त्री कोइराला

225
  •  
  •  
  •  

काठमाडौँ, २० बैशाख(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले सरकार परिवर्तनको खेलमा नेपाली कांग्रेस नरहेको बताएका छन् ।

जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको सम्मान कार्यक्रममा डा. कोइरालाले वर्तमान सरकार परिवर्तन हुनुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको तर सरकारले मधेसको समस्या तथा पुनःनिर्माणको कार्यका साथै कालोबजारी नियन्त्रण गर्न असफल रहेको बताए ।

नेपाली कांग्रेसले मात्र मधेसको समस्या समाधान गर्न सक्ने तथा संविधान जारी गर्नका लागि नेतृत्व गरेको पार्टी भएकाले कांग्रेसले मात्र संविधान कार्यान्वयनको कार्यलाई चुस्त रूपले अगाडि बढाउन सक्ने दावी गरेका छन् । उनले पार्टीको सिद्धान्त बुझेर मात्र पार्टीमा लाग्न आग्रह गरेका छन् ।

उनले व्यक्तिगत स्वार्थका आधारमा गुटबन्दी गर्न नहुने भन्दै पार्टीलाई जीवन्त बनाउनका लागि विचारको लडाईँ नै महत्वपूर्ण हुने बताएका छन् ।


  •  
  •  
  •