सशस्त्र प्रहरीका ११ जना डीआईजीको सरुवा (सूचीसहित)

55
  •  
  •  
  •  

 


काठमाडौं । ११ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार साँझी मन्त्रीस्तरीय निर्णय गरी डीआईजीहरूको सरुवा गरेका हुन्।

सशस्त्र प्रहरीका अनुसार डीआईजी मन्दीप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय आईजीपीको सचिवालयमा सरुवा गरिएको छ भने डीआईजी किशोर प्रधानलाई हेटौंडा पठाइएको छ। यसअघि प्रधान विन्ध्यावासिनी वाहिनी मुख्यालय रूपन्देहीमा पनि प्रमुख थिए।

डीआईजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी वाहिनी, रूपन्देही सरुवा गरिएको छ।

त्यसैगरी डीआईजी राजु अर्याललाई पशुपतिनाथ वाहिनी, काठमाडौंको प्रमुखबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ।

पशुपति वाहिनीको प्रमुखमा चाहिँ डीआईजी वंशीराज दाहाललाई ल्याइएको छ। यसअघि दाहाल बराह वाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमान्डर थिए।

उनको स्थानमा डीआईजी कमल गिरीलाई पठाइएको छ। यसअघि उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा थिए।

सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमान्डरबाट डडीआईजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभाग ल्याइएको छ भने पश्चिमाञ्चलको कमान्डरमा डीआईजी शम्भु सुवेदीलाई पठाइएको छ। यसअघि सुवेदी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा थिए। सुरक्षा परिषदमा तत्काल कसैलाई सरुवा गरिएको छैन।

यसैगरी प्रदेश नम्बर २ को कमान्डर डीआईजी चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ। गौतमको स्थानमा डीआईजी गणेशबहादुर ठाडा मगरलाई पठाइएको छ।

सशस्त्र प्रहरी मुख्यालयको मानवस्रोत विभागमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई सुदूरपश्चिम प्रदेशको कमान्डर बनाई कैलाली पठाइएको छ।


  •  
  •  
  •