सशस्त्र प्रहरीका सहायक हवल्दार लागूऔषधसहित पक्राउ

104
  •  
  •  
  •  

मोरङ । विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगरलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए ।

उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ ।

साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको थियो । प्रहरी नायब उपरीक्षक खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ ।


  •  
  •  
  •