कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वबाट विजयी

300
  •  
  •  
  •  

काठमाडौं,२५ मंसिर(ओएनएस) :   कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्व क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । कोइरालाले बाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीलाई पराजित गरेका हुन् । महामन्त्री कोइरालाले ३७ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी पराजुलीले ३२ हजार ८ सय ४६ मत प्राप्त गरेका हुन । कोइरालाले ४ हजार ५ सय २७ बढी मत ल्याएर विजयी बनेका हुन् ।


  •  
  •  
  •