संसदीय टोली सुझाव लिन सोलुमा

336
  •  
  •  
  •  

काठमाडौं २२ कात्तिक (ओएनएस) :  संविधानसभा निर्वाचन २०७१ को सम्बन्धमा उठेका प्रश्नहरुको अध्ययन, अनुसन्धान गरि सुझावसहितको प्रतिबेदन पेश गर्न व्यवस्थापिका संसदअन्तर्गत संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव संसदिय विशेष समितिको टोली हिजो सोलुखुम्बु पुगेको छ । टोलीमा समितिका सभापती लक्ष्मण लालकर्ण, सदस्यहरुमा नेपाली काग्रेसका तर्फबाट बलबहादुर केसी र कमल पङ्गेनी, एकीकृत नेकपा माओबादीका रेखा सर्मा र नारायण बिडारी र नेकपा एमालेका भानुभक्त ढकाल रहेका छन् ।

समितिले आज संबिधानसभा निवार्चन २०७० मा देखिएका नीतिगत, संस्थागत तथा व्यबहारीक समस्याहरुलाइ सुधार गर्दै भविष्यमा सम्पन्न हुने निर्वाचनहरुलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन के कस्ता सुधारहरुको आवश्कता छ भन्ने विषयमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, कानून व्यवसायीहरु, नागरिक समाज, निर्वाचनसँग सम्बद्ध विभिन्न सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम को आयोजना गर्ने छ । कार्यक्रम जिल्ला विकास समितिको सभाहल, सल्लेरी सोलुखुम्बुमा आज बिहान ११ बजेदेखि शुरु हुने जनाइएको छ ।


  •  
  •  
  •