तीन मुख्य न्यायाधीश सरुवा

235
  •  
  •  
  •  

काठमाडौं । पाटन, तुल्सीपुर र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश सरुवा भएका छन् ।

न्याय परिषदको आइतबार बसेको बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको छ ।

सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेल सरुवा भएका छन् । त्यस्तै पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा भएको छ ।


  •  
  •  
  •