राजपाले सरकारमा सहभागी हुन वाम गठबन्धन समक्ष राख्याे यस्ताे शर्त

308
  •  
  •  
  •  

 काठमाडौं, २४ फागुन (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागी हुनलार्इ तीन शर्त अगाडी सरेकाे बताएका छन्।

नेता महताेले सरकारले राजपालार्इ पनि सरकारमा सहभागी गराउन संकेत दिएकाे तर अाैपचारीक रुपमा कुनै वार्ता नभएकाे बताए

महतोले भने, ‘सरकार सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने कार्यमा सहमत भयाे भने राजपा सरकारमा सहभागी हुनेछ,नत्र हुदैँन।

उनले थप्दै भने, ‘ सरकारले राजपा नेताहरुमाथि विना प्रमाण लगाइएकाे मुद्दा फिर्ता गर्नुपर्ने, मधेस आन्दोलनमा सहादत प्राप्त गरेका रघु साफी लगायतलाई सहिद घोषणा गर्नु पर्ने हुन्छ।

अब देशमा लडाईं झगडा समाप्त पार्नका लागि वाम गठबन्धनले पनि त्रुटिपूर्ण बनेको संविधानलाई संशोधन संकेत देखाएकाेले राजपा नेपालकाे पुर्ण साथ रहेकाे नेता महताेले बताए।

ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन जरुरी रहेको र त्यसमा आफूहरु पूर्णरुपमा लागिरहेको अध्यक्ष महतोको भनाइ छ।

उनले हामीलाई सत्ताभन्दा मधेशी, दलित र जनजातिको अधिकारको आवश्यकता छ भन्दै त्यसमा हाम्रो पार्टी पछि नहट्ने बताए।

 


  •  
  •  
  •