माओवादीले राखेको शर्तको आधारमा पार्टी एकता हुन्न : प्रधानमन्त्री ओली

315
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलेले अहिले राखेको शर्तको आधारमा पार्टी एकता नहुने बताएका छन्। प्रधानमन्त्री ओलीले भने ‘यदि माओबादीले बराबरी हैसियत खोजेमा पार्टि एकता हुदैन।’

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बराबरी हैसियतमा मात्र पार्टी एकता हुने धारणा सार्बजनिक गरे लगत्तै यी दुइ पार्टीको राजनीतिक वृतमा ठुलै हलचल मच्चिएको छ।

प्रचण्डको यस्तो धारणा सार्बजनिक भए लगत्तै नेकपा एमालेमा पनि यो विषयलाई विशेष रुपमा लिएर ठुलो बहस सुरु भएको भइरहेको छ। प्रचण्डले बराबरी हैसियत खोजे पनि नेकपा एमालेले बराबरी हैसियत मा पार्टी एकता गर्ने मनस्थितिमा नरहेको एमालेका नेताहरु बताउँछन्। पार्टी एकताको लागि बनेका दुईवटा कार्यदलले आफ्नो काम गरिसकेका छन् भने संयोजन समितिमाआ–आफ्ना प्रस्ताव बुझाउने तयारीमा रहेका छन्।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने माओबादी र एमाले बीच ६०÷४० को हैसियतमा मात्रै पार्टी एकता सम्भव हुने जिकिर गरे। यी दुई पार्टीहरु बीच निर्वाचन पूर्व एकसाथ चुनावमा जाने, चुनावी तालमेलमात्र होइन कि पार्टी एकता गर्ने निर्णय भएको थियो ।

हामीले आम जनता, मतदाता, कार्यकर्ता र नेतासम्म एकैसाथ लग्यौं ।त्यसमा कसैको बिरोध र असहमति रहेन माओबादी नेताले भने । उनले थपे निर्वाचनको एउटा अभियानको क्रममा पार्टी एकताको सन्दर्भमा असहमति थियो भने पनि सहमति नै व्यक्त भयो । तेस्रो कुरा त्यसले परिणाम प्राप्त गरेको छ र त्यो परिणामका आधारमा हामीले सरकार गठन गरेका छौं । अब एक दुई दिनमा संयोजन समिति बैठक बस्छ र त्यसमा थप छलफल हुन्छ ।

हामीले तयार पारेको प्रस्तावमा संयोजन समितिले आवश्यक ठानेमा थपघट गर्न नेताहरुले बताएका छन्।अब कतै पनि पार्टी एकता नहुनुपर्ने, ठूलै अड्चन आउनुपर्ने र पार्टी एकता पछि हट्ने अवस्था म कुनै कारण र तर्क नरहेको दुवै पार्टीका नेताको दाबि छ।


  •  
  •  
  •