सर्लाहीमा झडप हुँदा १८ जना घाइते

50
  •  
  •  
  •  

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा १८ जना घाइते भएका छन् ।

रामनगरमा साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो।

झडपमा १५ जना कांग्रेसका कार्यकर्ता र तीन जना नकेपाका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई गोलीको छर्रा समेत लागेको छ ।

नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले गोली चलाएको दाबी गरेका छन् । कुन पक्षबाट गोली चलेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो ।

रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ । यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै रहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here