सर्लाहीमा भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि तनाव

237
  •  
  •  
  •  

सर्लाही । सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि तनाव उत्पन्न भएको छ ।

भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । नेपाल प्रवेश गर्ने भारतीयलाई रोक्न १५ राउन्ड गोली चलाएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अवरोध खडा गरेको थियो ।

नेपाल आउन खोज्नेले ड्यूटीमा रहेका सशस्त्रका जवानको हतियार खोसेर लगेपछि तनाव सिर्जना भएको र स्थितिलाई थप भड्किन नदिन गोली चलाएको सशस्त्रले जनाएको छ ।


  •  
  •  
  •