भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा तनाव

86
  •  
  •  
  •  

काठमाडौं । लकडाउनकाबीच भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा तनाव सिर्जना भएको छ।

आज बिहान साढे ६ बजेतिर सर्लाहीको विष्णु गाउँपालिका २ पकडी भन्ने ठाउँबाट करिब ४० को भारतीय समूह नेपाल प्रवेश गर्न लागेका थिए ।

उक्त सूचना पाएसँगै बाराको सिमरास्थित बोर्डर आउट पोस्ट (बिओपी) बाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले उक्त समूहलाई रोक्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयास गर्न थालेपछि हवा फायर समेत गर्नु परेको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ। हवाइ फायर गरेपछि भीड तितरबितर भएको थियो ।


  •  
  •  
  •