सर्लाही घटनाको आयोगद्वारा छानविन शुरु

781
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा बिहीबार भएको गोली काण्डको छानविन थालेको छ ।
सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रबिक्रम चन्द निकट नेकपा कार्यकर्ताको झडपमा नेकपा जिल्ला अध्यक्ष कुमार पौडेलको मृत्यु भएको थियो ।

सोही घटनाको आयोगले छानविन शुरु गरेको हो । आयोगले घटनाको सत्यतथ्यको अनुसन्धान तथा अनुगमन गर्नका लागि प्रदेश नम्बर दुई कार्यालयवाट टोली खटाएको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनास्थल पुगेको आयोगको टोलीले अनुसन्धान गरेर तत्कालै आयोगलाई प्रतिवेदन बुझाउने उल्लेख गरिएको छ ।

नेत्रबिक्रम चन्द निकट नेकपाले भने बिहीबार साँझ नै विज्ञप्ति जारी गर्दै पौडेललाई पक्राउ गरिएर हत्या गरिएको दाबी गरेको छ ।

हत्याको बदला लिने विप्लव समूहको चेतावनी

प्रहरीले भने दोहोरो झडपमा पौडेलको मृत्यु भएको दाबी गरेको छ । ४ जना चन्द समूहका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीले बताउँदै आएको छ ।

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त

 


  •  
  •  
  •