सरकारले जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै प्रदर्शन

97
  •  
  •  
  •  

काठमाडौं । भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर सरकारले जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारको विरोधमा देशैभर प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार समेत पठाएको छ ।

विद्यार्थीहरुले विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था नमिलाउदासम्म आन्दोलन जारी रहने बताएका छन् ।
सरकारले जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाउदै नेबिसंघले केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएको छ ।

नेबिसंघले बुधबार विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, बिहीबार मसाल जुलुस निकाल्ने र शुुक्रबार माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिसकेको छ ।


  •  
  •  
  •