सरकारले अविलम्ब विप्लव नेकपासँग वार्ता गर्नुपर्छ : नेता पौडेल

426
  •  
  •  
  •  

बुटवल, २८ फागुन(ओएनएस) : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय अखण्डतामाथि कुनैपनि आशंका हुन नुहने बताएका छन् ।

मंगलबार बिहान बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मलनमा बोल्दै नेता पौडेलले सिके राउतसँग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताबारे सरकार नै गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ ।’
नेपालमा पृथकताबादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दूश्प्रचार गरिरहेको उनका आरोप छ ।

उनले वाइडवडी काण्डमा तत्कालीन पर्यटनमन्त्री राविन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई उनले सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार प्रसार गरेको भनेर टिप्पणी समेत गरे ।

अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ती ढाक छोप गर्ने प्रपन्च भएको भन्दै पौडेलले छानविन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै गरको बताए ।
देशमा भष्ट्राचार मैलाउँदै गएको भन्दै उनले सुनकाण्ड देखि लिएर चिनी काण्ड सम्ममा सरकार असफल भएको आरोप लगाए ।

कञ्चनपुरकी निर्मला पन्त हत्यामा सरकारले असफलता देखाएको उनको भनाइ छ । विप्लव नेकपालाई उनले बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले सरकारले अविलम्ब विप्लब नेकपालाई वार्तामा बोलाएर अगाडी बढाउनको लागि आग्रह गरे । नेपाली कांग्रेसलाइ गुटउपगुटबाट माथि उठाउनुपर्नेमा उनको जोड छ ।


  •  
  •  
  •