सरकारको आलोचना गर्न छुट छ : मन्त्री बाँस्कोटा

714
  •  
  •  
  •  

बुटवल, ३ वैशाख(ओएनएस) : सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना गर्न छुट रहेको बताएका छन् ।

मंगलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारको आलोचना भएपनि कामको गति नरोकिने बताए ।

सरकारले गरेका कामका सन्दर्भममा विपक्षी दलले आलोचना गरेकोतर्फ इंकित गर्दै उनले भने, ‘आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ ।’

नयाँ भिजनका साथ अगाडि बढिरहेको सरकारले लगानी सम्मेलनमार्फत ७७ वटा योजानमा २४ खर्ब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैँमा राम्रो पक्ष भएको दावी गरे ।

उनले एक वर्षलाई सरकारले नव निर्माणको वर्षको रुपमा लिएको भन्दै यसलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताए ।चुनौतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सरकारले केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने भन्दै उनले पहिला सुरुङमार्ग, रेलमार्गका कुरा गर्दा हाँसो मजाकमा उडाउनेहरु अहिले आवश्यकता हो र ? भन्ने बहसमा लागेको बताए ।
बालुवाटार जग्गा प्रकरणको विषयमा मन्त्री बाँस्कोटाले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने छुट कसैलाई पनि नभएको बताए ।


  •  
  •  
  •