सरकारको कामलाई नियन्त्रण गर्ने गरी गतिविधि नगर्न सभामुखकाे आग्रह

806
  •  
  •  
  •  

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण गर्ने गरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।

फाइल तस्बिर

संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने बताए ।
उनले संसदीय समितिहरुले अप्ठ्यारोमा पार्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जानकारी गराएको स्मरण समेत गराए ।

कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री आफैले संसदीय समितिहरुले अप्ठ्यारोमा पार्न थाले भनिरहनु भएको छ । तर मैले सभापतिहरुसँग बसेर कुरा गरौँ न त भन्दा तपाईँ आफैले कुरा गर्नुस् भन्नुभयो ।’

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई सही ट्रयाकमा लैजान संविधान, नियम र कानून अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्नुपर्ने बताए ।


  •  
  •  
  •