चिकित्सकहरुले आन्दोलन आजपनि जारी

444
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : विभिन्न माग राख्दै आन्दोलनरत सरकारी चिकित्सकहरुले आज चौथो दिनपनि आन्दोलन जारी राखेका छन् ।

कर्मचारी समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्तर्गत नै राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् । चिकित्सकहरुले सरकारी अस्पतालमा शुक्रबारयता अत्यावाश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनरत छन् । चार दिनसम्म पनि आफ्नो मागप्रति सरकारले चासो नदिएको उनीहरुको भनाई छ ।

सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने घोषणा गरिसकेका छन् ।
मुलुकमा १५ हजार चिकित्सक अपुग भइरहेका बेला भएका चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि स्वास्थ्य क्षेत्र यो वा त्यो बहानामा अस्तव्यस्त बन्दै जान थालेको गुनासो बढ्न पुगेको छ ।
कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरहरुले पुष २२ देखि आन्दोलन थालेपनि त्यो विचमा सरकारले माग सम्बोधन गर्ने आश्वसन दिएपछि आन्दोलन स्थगन गरेका थिए ।
मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले चिकित्सकको माग सम्बोधनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् ।


  •  
  •  
  •