विमानस्थलमा प्रधानमन्त्री ओलीले भने- ‘याे सरकार ५ वर्ष टिक्छ यसमा कुनै दुर्इ मत छैन्’

566
  •  
  •  
  •  

काठमाडाैं, १८ असाेज (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ५ वर्ष टिक्ने बताएका छन्। विहीबार संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिई स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्‍मेलनमा यस्ताे बताएका हुन्।

‘कसैले भन्दैमा याे सरकार ढल्दैन्, नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलार्इ जनताले विश्वास गरेरै मत दिएकाेले जसरी पनि वर्तमान सरकार पाँच वर्ष टिक्‍ने छ’ उनले भने,’ याे सरकारले चुनाव पनि गराउने छ। त्यसमा ढुक्क हुनुहोस्, अब कुनै समस्या आउने छैन।’

त्यस्तै पार्टीभित्र असन्तुष्टि व्‍यक्त भइरहेका बेला उनले वरिष्ठ नेता नेपाललाई अक्षित गर्दै भने, ‘ माधव नेपालको कुरा के हो ? कवि मनले केही भनिहाल्नुभयो, त्यो सामान्य हो। उहाँले पुरानो गीत समझिनु भो । त्यसमा मेरो कुनै आपत्ति छैन।’

उनले सरकार विदेश नीति र सम्बन्धलाई खास गरी भारत र चीनसँग विशिष्ट रुपमा बनाएको दाबी गरे। उनले नेपालको पहिलो प्राथमकितामा स्थिर सरकार, शून्‍य भ्रष्टाचार र सुशासन कायम राख्‍ने रहेको बताए।

प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्‍म नराम्रो काममा हात नहालेको दाबी गरे। उनले भने, ‘ सरकारले नराम्रो काम एउटा पनि गरेको छैन। बजेट निकासा नहुदै असन्तुष्टि किनरु सात महिना सबै बनिहाल्ने हैन।’

सार्कलाई थप कसरी प्रावकारी बनाउने भन्‍ने विषयमा सदस्‍य राष्ट्रहरुबीच अनौपचारिक छलफल भएको समेत उनले बताए।


  •  
  •  
  •