सरकारविरुद्ध आन्दोलन गर्छौ : राप्रपा(संयुक्त)

324
  •  
  •  
  •  

सुर्खेत, ५ चैत(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले अहिलेको सरकारले विकास निर्माण, भ्रष्टाचार, अनियमितता र अधिनायकबादलाई प्रशय दिएको भन्दै प्रदर्शन गर्ने भएको छ ।

मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय डा. प्रकाश चन्द्र लोहनी र पशुपतिसमशेर जबराले सरकारको गतिविधिविरुद्ध आन्दोलन चर्काउने बताएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष डा.लोहनीले भने,‘ प्रजातन्त्रका नाममा अधिनायकबाद र भ्रष्टाचार मौलाएको छ । संसदमा सरकारविरुद्ध प्रतिपक्षले सशक्त भूमिका निर्वाह गर्न सकेन, हाम्रो उपस्थिति सदनमा छैन् । अब राप्रपा संयुक्त प्रजातन्त्र बलियो बनाउन सरकारविरुद्ध आन्दोलन गर्छ ।’

बहुमतको सरकारले काम थालेको एक वर्षमा पनि विकास गर्न नसक्दा जनता निराश बनेको अध्यक्ष लोहनीको भनाइ छ ।

सत्तामा दलिय स्वार्थ, गुटगत स्वार्थको हावी भएकाले विकासको साटो भ्रष्टचारको प्रशय भएको उनले आरोप लगाए ।

अर्का अध्यक्ष पशुपतिशमशेर जवराले भने, ‘ह्वाइवडी खदिर प्रकरणदेखि बुढीगण्डकी, मेलम्ची खानेपानी लगायतका गौरवका आयोजना निर्माण हुन सकेनन् ।’

उनले तीनै तहमा सरकार सञ्चालन गरेको वर्तमान कम्युनिष्ट सरकार भ्रष्ट भएको आरोप लगाए ।
सरकारका गतिविधि सन्तोषजन र विकासमुखि नभएको भन्दै जनताको समर्थनमा सडक आन्दोलन तताउने उनको भनाइ छ ।

राप्रपा संयुक्तको गतिविधिप्रति पनि प्रतिबन्ध लगाउने सांकेतिक अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भन्दै उनले आपत्ति जनाए ।
फरक प्रशंगमा विप्लव समूहमाथि लगाएको प्रतिबन्धनको प्रतिफल राम्रो नहुने उनले बताए ।


  •  
  •  
  •