सरकार आफै द्वन्द्व निम्त्याउन लागि परेको छ : नेता सिंह

27
  •  
  •  
  •  

काठमाडौं, १ चैत(ओएनएस) : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन् ।

नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेता सिंहले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाए ।

राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए ।

‘राष्ट्रिय सुरक्षामा आएको समस्या समाधान गर्न अरू दलसँग पनि छलफ गर्नुपर्ने थियो’, उनले भने, ‘तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन् । दुई तिहाई बहुमत छ भन्दैमा अरू दललाई चासो नदिने ?’

नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताए । उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताए ।

यस्तै, सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए । उनले सरकारले सीके राउतले जनमतसंग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए । ‘सीके राउत र सरकारले मम्झौताबारे दुवैले आआफ्नै व्यख्या गरिरहेका छन्’, उनले भने, ‘सीके राउत जनमतसंग्रहको विषयमा बोल्दा सरकार किन चुप छ ?’

नेता सिंहले सरकार जनताले दिएको म्यान्डेटको खिलापमा गएको आरोप लगाए । नेपाल टेलिकमअझ प्रभावकारी बनाउन कर्मचारी र ब्यवस्थापन लाई मिलेर अघि बड्न समेत आग्रह गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरे । अधिवेशन दुई दिन सम्म चल्ने छ ।


  •  
  •  
  •