दुवै पक्षको सहमतिमा संविधान संशोधनकाे सम्झौतापत्र तयार, प्रम अाेलीकाे भारत भ्रमणका कारण सरकारमा सहभागी हुन दुर्इ साता लाग्ने

298
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुन अझै दुर्इ साता लाग्ने भएकाे छ ।

प्रधानमन्त्री ओलीले चैत २३ गतेदेखि भारतको राजकीय भ्रमण गर्ने भएपछि संघीय फोरमको सत्ता यात्रा पछि धकेलिएको हो । संघीय फोरम सरकारमा सहभागी हुने निश्चित भए पनि सरकारसँग राजनीतिक सहमतिमा हस्ताक्षर हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको छैन ।

संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेको भए पनि हस्ताक्षर नहुँदा फोरमको सत्ता यात्रा रोकिएको थियो । सहमतिपत्रमा प्रधानमन्त्री ओली भारतबाट फर्केपछि मात्र हस्ताक्षर हुने स्रातले बताएकाे छ ।

त्यसपछि मात्र फोरम सरकारमा सहभागी हुनेछ । दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेकाले उहाँ फर्केपछि मात्र हस्ताक्षर हुने र पार्टी सरकारमा सहभागी हुने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


  •  
  •  
  •