मधेसवादीदलहरु सरकारप्रति सशंकित

216
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): पछिल्लाे समय मधेशवादी दलहरुकाे सरकारसँग भएकाे वार्ताले निकास नपाएपछिउनीहरु सशंकित भएका छन्।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले हामीले उठाएकाे मुद्दामा खासै चासाे नदिएकाे संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले अाराेप लगाएका छन्। उनीहरु सरकारमा सहभागी हुनेबारे छलफल भएपनि ठाेस निर्णय नभएकाे राजपाका एक नेताले बताए।

सरकार गम्भीर नभएकै कारण आफूहरुसँगको छलफल सकारात्मक हुन नसकेको मधेसकेन्द्रीत दलहरुले बताएका छन्

सरकारलाई विश्वासको मत दिएकासंघीय समाजवादी फोरम नेपाल र राजपा तत्काल सरकारमा सहभागी हुने बारे अन्योल देखिएको छ । संविधान संशोधनमा सरकारको औपचारिक धारणा नआएकाले निष्कर्षमा नपुगेको उनीहरुले बताउँदै आएका छन् ।

संविधान संशोधनको विषयमा सैद्धान्तिक सहमति भएपनि हस्ताक्षरको काम मात्र बाँकी रहेको सत्तारुढ दलका नेताहरुले बताउने गरेका छन् । दुई दलले संविधान संशोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने माग गर्दै आएका छन् ।

उनीहरूले सरकारसँग भएको वार्ता सकारात्मक भएको भन्दै यसअघि, सरकारलाई विश्वासको मत दिनुका साथै राष्ट्रपति, उपराष्ट्रपति सभामुख, राष्ट्रियसभा अध्यक्ष्उपाध्यक्ष तथा उपसभामुखको पक्षमा समेत मतदान गरिसकेका छन् । तर अहिलेसम्म सरकारसँगको वार्ता नटुंगिँदा मधेसवादी दलहरू सशंकित देखिएका छन् ।


  •  
  •  
  •