कम्युनिष्ट सरकारबाट जनता खुसी हुन सकेनन् : नेता पौडेल

75
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारबाट जनता खुसी हुन नसकेको दाबी गरेका छन् ।

फाइल तस्बिर

बुधबार तनहुँमा आयोजित राष्ट्रिय जागरण अभियानको कार्यक्रममा नेता पौडेलले जनताले कम्युनिष्ट सरकारको विकल्प खोजेको बताए ।

उनले भने, ‘सरकारलाई दुई तिहाइको समर्थनप्राप्त छ तर जनता खुसी हुन सकिराखेका छैनन् । जनताले कम्युनिष्टको विकल्प खोजेको छ ।’
गाउँमा रोगजारी र आम्दानीको व्यवस्था गर्न पार्टी लाग्नुपर्ने उनको जोड छ ।


  •  
  •  
  •