सरकारमा सहभागी हुने राजपाको संकेत, राख्यो यस्तो सर्त

451
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुन राजपाले संकेत देखाएको छ। सरकारमा सहभागी हुन राजपाले संविधान संशोधनसहित सांसद रेशमलाल चौधरीलार्इ जेलमुक्त गर्न माग गरेको छ।

कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता रेशमलाल चौधारीले जेल भित्रै अनसन थालेपछि राजपा नेताहरुले प्रधानमन्त्री ओलीसँग छलफल थालेका छन।

सोमबार बसेको संसदको बैठकपछि राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

राजपाका महासचिव केशव झाले भने,जनताबाट निर्वाचित एउटा सांसद सपथ खाने अर्को जेलमा अनसन बस्नुपर्ने अवस्था आउनु दुःखद छ’

राजपा मण्डलका अर्का सदस्य राजेजन्द्र महतोले भने, ‘ सांसद चौधरीलार्इ झुट्टा मुद्दामा फसाइएको हो, मुद्दा फिर्ता नलिए आन्दोलन हामी अन्दोलनको बाटो समेत अपनाउन जिकीर गरे’

प्रधानमन्त्री ओलीले यस विषयमा आफुले छलफल गर्ने प्रतिक्रिया दिदैँ बैठक सकिएको थियो।


  •  
  •  
  •