कम्युनिष्ट सरकार तानाशाह बन्दै गयो : खाँड

280
  •  
  •  
  •  

रुपन्देही । नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले मुलुकलाई कम्युनिष्ट तानाशाहबाट बचाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ५ स्थित लुम्बिनीमा आयोजित ईस्लामधर्मालम्बी मुसलमानहरुको महान चाड बकर ईदको अवसरमा शुभकामना आदानप्रदान समारोहलाई सम्बोद्धन गर्दै उनले रक्षा, सञ्चार,भूमि नीति विधेयक मार्फत कम्युनिष्ट सरकार तानाशाह बन्दै गएको बताए ।

उनले कम्युनिष्ट तानाशाहविरुद्ध कांग्रेस कार्यकर्ताहरुलाई प्रतिस्पर्धामा उत्रिन र लोक तन्त्रको रक्षाको निम्ति कायकर्तालाई आग्रह गरे ।
राणा विरोधी आन्दोलनदेखि पंचायती शासनकाल सम्म कांग्रेसले नै गुमेको लोकतन्त्र जनता समक्ष फिर्ता ल्याएको हुँदा कम्युनिष्ट तानाशाहबाट पनि मुलुकलाई कांग्रेसले नै बचाउने उनको भनाइ छ ।

लेखासमिति सभापति सांसद भरत कुमार शाहले चप्पल लगाएर सँसदमा छिरेका कम्युनिष्ट नामधारी नेताहरुको लेखाजोखा आफूसँग भएको हुँदा जनता समक्ष राखेर हिसाब किताब माग्ने चेतावनी समेत दिए ।

सांसद शाहले आफनो निर्बाचन क्षेत्र पर्यटकीय गंतब्य स्थल लुम्बिनीसँग जोड्न कृषि र सडक बिस्तारमा ध्यान केन्द्रित गरि द्रुत गतिमा फायर लाईन, हुलाकीमार्ग र कंचनबाँध लगायत पूर्बाधार निर्माण भईरहेको जानकारी गराए ।


  •  
  •  
  •