चुनावमा गरेका प्रतिबद्धता पूरा गर्छौ : भट्टराई

281
  •  
  •  
  •  

रुपन्देही । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले वर्तमान सरकारले चुनावमा गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

 

बिहीबार प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘दुई तिहाइको सरकारले चुनाव अघि गरेका सम्पूर्ण घोषणा समयमा नै पूरा गर्नेछ’ उनले भने, ‘वितेका वर्षमा गति लिन नसकेपनि दिशा भने सही लिएका छौं । सही दिशामा हामी अब गति बढाएर आगामी साढे तीन वर्षमा घोषणा पत्रका सम्पूर्ण योजना पूरा गर्नेछौं ।’

उनले हालसम्म दुई तिहाईको सरकारले अपेक्षा अनुसार गति नलिएपनि आर्थिक वृद्धिदर र अन्तर्राष्ट्रिय सम्बन्धमा भने सुधार ल्याएको बताए ।

उनले भने ‘पूराना समस्या, विकृति र भ्रष्टाचारका मुद्दाहरुलाई पनि यही सरकारका समयमा भएका जस्तो गरी आलोचना र आरोप लागे वर्षौदेखिका विकृति र समस्याहरुलाई समाधान गर्दै सरकार अघि बढ्यो यस दौरान आर्थिक वृद्धिदर ६ प्रतिशत पुगेको छ भने भारत,चीन जस्ता छिमेकी राष्ट्र लगाएत अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आएको छ ।
नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको अवलोकन तथा निरिक्षण लगायत बुद्ध सभ्यतासँग जोडिएका स्थानको निरीक्षणका लागि रुपन्देही आएका भट्टराईले समयमै विमान स्थल निर्माण हुने बताए ।

उनले आगामी डिसेम्बर महिनाभित्र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सम्पन्न हुने बताए । उनले भने ‘म मन्त्री हुँदा बित्तिकै प्रधानमन्त्री ज्यूले पहिलो विषय यसै विमानस्थल दिनु भएको छ ।’
आगामी डिसेम्बर महिनामा विमान स्थल सूचारु गराउने मेरो सपना हो अब सबैले यही सपना देखौं पक्का पूरा हुन्छ ।’

मन्त्री बनेपछि पहिलो पटक रुपन्देही आएका भट्टराइले बिहिबार बिहान भैरहवा स्थित विमान स्थल अवलोकन तथा निरिक्षण गरेका थिए भने दिउँसो नवलपरासी स्थित रामग्रामको अवलोकन पश्चात बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागि भएका थिए ।


  •  
  •  
  •