सरकारविरुद्ध संयुक्त विद्यार्थी संगठनले वृहत प्रदर्शन गर्ने

136
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : संयुक्त विद्यार्थी संगठनले सरकारविरुद्ध वृहत प्रदर्शन गर्ने भएको छ ।

फाइल तस्बिर

अनेरास्ववियु (पाँचौ) को कार्यालय काठमाडौंमा बुधबार बसेको संयुक्त बैठकका निर्णय सार्वजनिक गर्दै नौ विद्यार्थी संगठनले वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत विरोध ¥याली तथा प्रदर्शन गर्न लागेको हो ।
उनीहरुले ९ वटा बुँदामार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

शैक्षिक क्षेत्रको बेथिती, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड, निर्मला पन्त प्रकरण, सिके राउत प्रकरण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालाई ९ विद्यार्थी संगठनले आन्दोलनको साझा एजेण्डा बनाएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राज्यका सबै संयन्त्र कब्जामा लिएर ओली सरकारले स्वतन्त्रता हनन् गरेको बताए ।

बैद्य माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले गरेका सबै गलत कामको भण्डाफोर गर्न विरोध कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

संयुक्त ९ विद्यार्थी संगठनले वैशाख १३ गते गर्ने भनेको कार्यक्रम १७ गतेलाई सारेको हो । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार निधन भएकाले विरोध कार्यक्रम १९ गतेका लागि सारिएको हो ।


  •  
  •  
  •