सरकार असफलतातर्फ उन्मुख : डा. भट्टराई

460
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताको अपेक्षा अनुसार मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको बताए ।

बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढ्दै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै डा. भट्टराइले सरकार असफलतातर्फ उन्मुख हुन गएको आरोप लगाए ।
उनले सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको दावी गरे ।


  •  
  •  
  •