सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ धुलिखेलमा

109
  •  
  •  
  •  

काठमाडौं २५ असोज ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी १८ औं शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखहरुलाई ‘रिट्रिट’ को लागि सरकारले धुलिखेललाई रोजेको छ । शिखर सम्मेलन उदघाटन पछि राष्ट्र एवं सरकार प्रमुखलाई रिटि्रटमा लैजाने र सम्भव भएसम्म दुईपक्षीय बार्ताको बतावरण तय गरिदिने प्रचलन छ । सन् २००२ मा सम्पन्न ११ औं शिखरसम्मेलनमा नगरकोटमा ‘रिटि्रट’ दिने भनिए पनि सफल भएको थिएन । पोखरामा नै शिखर सम्मेलन गर्ने तयारी गर्ने भनिए पनि सुरक्षा, होटल र विमानस्थलको कारण देखाएर तयारी समितिले काठमाडौंमा शिखर सम्मेलन गर्ने निर्णय लिएको थियो । तर ‘रिटि्रट’मा भने पोखरा लैजानी छलफल भएपनि सबै तयारी र सुरक्षा दृष्टिकोणले नजिकको स्थान उपयुक्त हुने भन्दै धुलिखेल रोजाईमा परेको जानकारी प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार दिइएको हो ।

तयारीको बारेमा प्रधानमन्त्री कोइरालाले चासो राख्दै सम्वन्धीत सबै निकायलाई छलफलमा बोलाएका थिए । शिखर सम्मेलनको तयारीमा के भइरहेको छ भन्ने जानकारी पत्रपत्रिकामा आएको समाचार मार्फत लिन परेको भन्दै यसको नियमित जानकारी दिने संयन्त्र तय गरेर आफूलाई दैनिक भएका गतिविधी बारे जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको एक सहभागिले बताए । संवन्धित सबै मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरुलाई एकै स्थानमा भेला गराई भइरहेको प्रगतिको बारेमा जानकारी लिनेक्रममा यस्तो बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको दुई घण्टा लामो छलफलमा परराष्ट्र, अर्थ, शहरी विकास, स्थानीय विकास, गृहका अधिकारीहरु लगायतको उपस्थिती थियो । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संचारमन्त्री मिनेन्द्र रिजाल, बन तथा भु संरक्षण मन्त्री महेश आचार्य, मुख्य सचिव लिलामणी पौडेल, सचिवहरु लगायतको उपस्थिती थियो ।

शिखर सम्मेलन मुल आयोजक समितिको अध्यक्ष प्रधानमन्त्री स्वयं हुन् । उनले सार्क आउन अव धेरै दिन नरहेकोले यसमा सबै पक्ष उत्तिकै सक्रिय हुन आवश्यक रहेको बताए । नेपाल अझै ‘ट्रान्जीसनल’ अवस्थामा नै रहेकाले अहिले अन्तारिष्ट्रय ममिलाको ठूलो ‘इभेन्ट’ सार्क शिखर सम्मेलन गरेर नेपालले अझै केही गर्न सक्छ भन्ने सन्देश दिन आवश्य रहेको बताएको उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले बैठक पछि कान्तिपरलाई बताए । अहिले भइरहेको कामहरुमा सुस्तता रहेको र निमन्त्रणाको लागि पनि समय मिलाएर तत्काल जान परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । परराष्ट्रमन्त्री पाण्डेले पनि अव एक दुई दिनमा नै बाकी सदस्य मुलुककेा भ्रमण गर्ने बताएका थिए । परराष्ट्रमन्त्री पाण्डे शुक्रबार नै जापान भ्रमणबाट फर्केका हुन् ।

सुरक्षा ब्यवस्था, सवारी साधन, शहर सजावट, होटल बुकिङ लगायतमा भएको कामको बारेमा चासो राख्दै प्रधानममन्त्रीले कुनै काममा कमजोरी नगर्न निर्देशन दिएको सल्लाहकार भट्टराईले बताए । मुलुकको प्रतिष्ठासंग जोडिएका विषय रहेकाले यसमा परिपक्व काम गर्न उनले सबैलाई निर्देशन दिएका हुन् । सबै राष्ट्र तथा सरकार प्रमुखहरु आगामी मंसिर १० र ११ मा हुने शिखर सम्मेलनमा आउन आतुर रहेकोले यसको समन्वय राम्रोसंग गर्न आवश्यक भएकाले भन्दै कतैबाट पनि कमिकमाजोरी नहोस भन्दै उनले बाह्य तयारीको पाटोमा जानकारी लिएका थिए । सदस्य मुलुक भारत, पाकिस्तान, भुटान, बंगलादेशका प्रधानमन्त्री तथा श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका राष्ट्रपति सार्कमा सहभागि हुने बताइसकेका छन् ।

परराष्ट्र मन्त्रालयले सार्कको तयारीको सबै विवरण प्रस्तुत गरेको थियो । ड्राफ्ट घोषणा पत्र देखि सार्कको मुल नारा लगायत प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीले उक्त प्रस्तुती पछि यसक्षेत्रको जनतालाई जोड्ने र नया प्रतिवद्धता थप्ने भन्दा पनि पुरानोलाई कार्यावन्यनमा ल्याउनेमा जोड गर्न निर्देशन दिएको पनि भट्टराईले बताए । बैठक हल, भेनु, खानाको तयारी, होटल बुकिङ, भारतबाट ल्याइने भनिएको भाडामा बुलेट प्रुफ गाडी लगायतको विषयमा निकै चासोका साथ जानकारी लिएका थिए । उनले लजेस्टिक पाटोमा सुस्तता देखिएको भन्दै यसमा ख्याल गर्न सबैलाई निर्देशन दिएका हुन् ।

अहिले पनि शिखर सम्मेलन हुन्छ कि हुँदैन भन्ने जिज्ञासा यादव रहेकोले त्यो भ्रम चिर्न सबै सफल हुनपर्नेमा उनले जोड दिएका थिए । नेपालले गर्न सक्छ भन्ने सन्देश दिने यो अवसरमा कोही पनि चुक्न नहुने भन्दै प्रधानमन्त्रीले भने- ‘नेपालले सार्कमा एक ‘मोमेन्टम नै क्रियट’ गर्न सक्नुपर्छ । सामान्य जनताको जीवनसंग सार्कलाई सान्दभिक बनाउन जोड गर्नुपर्ने उनले स्पष्ट पारे । सांस्कृतिक पक्ष, प्रकृतिक प्रकोप नियन्त्रण, प्रजातन्त्रको सुदृढिकरण र शुसासनमा पनि सम्मेलन केन्दि्रत हुन पर्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •