सार्कस्तरीय गृहमन्त्रीस्तरीय बैठक आज काठमाडौमा

49
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको को गृहमन्त्री स्तरीय बैठक आज काठमाडौ.मा हुँदैछ । सार्क वैठक सुरु भएको तेस्रोदिन आज गृहमन्त्रस्तिरको बैठक हुन लागेको हो । बैठकमा पाकिस्तानका गृहमन्त्री चौधरी निसर अलिखानको सहभागिता नहुने भएको छ । पाकिस्तान बाहेक अन्य सबै मुलुकका गृहमन्त्रीहरु नेपाल आइसकेका छन् । हिजो  गृह सचिव स्तर र त्यसअघि असोज १ मा अध्यागमन प्रमुखहरुको बैठक भएको छ ।

बैठकको सबै एजेण्डा सार्क सचिवालयमा रहेका आठै मुलुक निर्देशकहरुले छलफल गरेर तयार गरेका छन् । १६ बुदे एजेण्डा तय गरेको भए पनि बैठककमा अन्य प्रक्रिया गत भएकोले मुख्य १० विभिन्न बुदामा छलफल केन्द्रित हुनेछ, ।  सामुद्रिक सुरक्षा,  निजत्व तथा अध्यागमन सुरक्षा र नियन्त्रण लगायतको विषयमा पनि छलफल हुनेछ ।

आतंकबाद नियन्त्रण, मुद्राको अवैध ओसार पसार नियन्त्रणमा पनि छलफल हुने बताइएको छ । गृहमन्त्री स्तरीय बैठकमा विभिन्न छ प्रकारका बैठक हुने भए पनि यसपटक तीन प्रकारका बैठकमात्र हुन लागेको हो ।  अन्य तीन बैठक पछि तय हुने पनि ति अधिाकारीले जानकारी दिए । सन् २०१० मा पाकिस्तानमा सम्पन्न गृहमन्त्री स्तरको बैठकमा मात्र विभिन्न छ वटै बैठकहरु एक साथ गरेको भएको थियो ।

हायत होटमा हुने गृहमन्त्री स्तरीय बैठकमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, भुटान, बंगलादेश र माल्दिभ्सका ६० अधिकारीहरु सहभागी हुनेछन् भने सार्क सचिवालयका ५ सदस्य सहभागी रहनेछन । सबै अधिकारीहरुको ब्यवस्थापन नेपाल सरकारले गर्नेछ । सार्क गृहमन्त्री स्तरीय बैठक सन २००६ देखि बंगलादेशबाट आरम्भ भएको हो । त्यसपछि दोस्रो भारतले सन २००७, तेस्रो पाकिस्तानले सन २०१०, चौथो भुटानले सन २०११ र पाचौ माल्दिभ्सले सन २०१२मा सम्पन्न गरेको थियो । यसअघि पनि सबै बैठकहरुमा आतंकबाद नियन्त्रण र अन्य विषयहरुमा छलफल भएका थिए । नेपालले सन २०१३मा नै बैठक आयोजना गर्ने भनिए पनि सदस्य राष्टको कमजोरीको कारण बैठक हुन सकेको थिएन ।


  •  
  •  
  •