सार्क बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै

56
  •  
  •  
  •  

काठमाडौं १ असोज (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको स्तरीय बैठकमा आजदेखि काठमाडौमा सुरु हुँदैछ । बैठकमा सार्क राष्ट्रका गृहमन्त्री, गृहसचिव र अध्यागमन अधिकारीहरुको सहभागिता रहने भएको छ । आज अध्यागमन अधिकारप्, भोलि २ गते गृहसचिव र ३ गते गृहमन्त्रीस्तरीय बैठक हुनेछ । सार्क राष्ट्रका गृहमन्त्रीहरुको बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् ।

बैठकमा यसअघि भएका बैठकहरुको सहमतिको कार्यावन्यनको विषयमा समिक्षा हुनेछ । युद्ध अपराधमा हुने भ्रष्टचार, साइबर क्राइम, लागु औषध ओसारपसा नियन्त्रण, सीमा क्षेत्र हुने अपराध तथा उग्रवाद, महिला तथा बालबलिका ओसार पसार नियन्त्रण लगायतका विषय नै छलफलको मुख्य एजेण्डा रहेका छन् । अर्को बैठकको टुंगो लगाउने र त्यसका लागि गरिने तयारीको विषयमा पनि छलफल हुनेछ ।

पाकिस्तानी गृहमन्त्री नआउने

पाकिस्तानका गृहमन्त्री चौधरी निसर अलिखानको सहभागिता नहुने भएको छ । उनी पाकिस्तानको विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोको कारण आफू अनुपस्थित हुन नसकेको सन्देश आयोजक मुलुक नेपाललाई अन्तिम समयमा खवर गरेको गृहमन्त्रालय स्रोतले बतायो । छैटौ सार्क गृहमन्त्री स्तरीय बैठकमा अन्य सदस्य मुलुकको सहभागिताको टुंगो लागि सकेर बैठक हुन एक दिन अघि पाकिस्तानको गृहमन्त्री सहभागी नहुने जानकारी आएको हो ।


  •  
  •  
  •