संशोधन फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने पार्टीको चेनावनी

300
  •  
  •  
  •  

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ ।

गिरीले बुधबार सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। उक्त संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको हो ।

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।

यसैबीच सांसद गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।


  •  
  •  
  •