सांसद सरिता गिरीलाई कारबाहीको लागि सिफारिस

128
  •  
  •  
  •  

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टीद्वारा गठित कार्यदलले सिफारिस गरेको छ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वको कार्यदलले गिरीलाई संसद र पार्टीबाट निस्कासन गर्न पार्टीलाई सिफारिस गरेको हो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । सोही आरोपमा उनलाई कारवाही गर्न सिफारिस गरिएको हो ।

कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । पार्टी पदाधिकारी बैठकबाट निर्णय अनुमोदन गरेर निर्वाचन आयोगमा पत्र पठाउने तयारी समाजवादीको छ ।

कार्यदलले छानविन प्रतिवेदन पार्टीलाई बुझाएको छ।


  •  
  •  
  •