नयाँ नक्सासम्बन्धी संशोधन विधेयक खारेज गर्न सांसद गिरीको संशोधन दर्ता

244
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी छन् ।

बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाले सांसदहरुलाई संविधान संशोधन विधेयकमा संशोधनको सूचना दर्ता गराउन मङ्गलबारदेखि ७२ घण्टे समय दिएको छ । तर गिरीको पार्टी जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्ष लिएको छ ।

 


  •  
  •  
  •