सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो

75
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । पार्टीबाट निष्कासनमा परेसँगै नेत्री सरिता गिरीको सांसद पदसमेत खोसिएको छ ।

संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै कार्यदलले नेतृ गिरीलाई सांसदबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।

लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।
पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो। तर गिरीले उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपरित गएकी थिइन्। मतदानको दिन उनी संसदमा समेत उपस्थित भएकी थिइनन्।


  •  
  •  
  •