सरफराज बने पाकिस्तान टि-२० क्रिकेटका कप्तान

277
  •  
  •  
  •  

sarfraz-ahmedकाठमाडौँ, २३ चैत(एजेन्सी) : पाकिस्तानका टि-२० टोलीका कप्तान शाहिद अफ्रिदीले कप्तानबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले कप्तानको चयन गरेको छ ।

टोलीको विकेटकिपर तथा ब्याटस्म्यान शरफराज अहमदलाई पाकिस्तानको टि-२० क्रिकेट टोलीको नयाँ कप्तान चुनिएको हो । सरफराज एकदिवसीय क्रिकेटमा पाकिस्तानका उप-कप्तान रहँदै आएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले मंगलबार बिहान सरफराजलाई फोन गरेर उनलाई कप्तानको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिएको समाचारमा जनाइएको छ । उनले अफ्रिदीपछि कप्तानीमा उनको पहिलो रोजाई सरफराज नै रहेको बताएका छन् । उनले सरफराजले आफ्नो कप्तानको जिम्मेवारी राम्रोसँग पुरा गर्ने आशा समेत व्यक्त गरेका छन् ।

आइतबार शाहिद अफ्रिदीले विश्वकप क्रिकेटमा निराशाजनक प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको जिम्मेवारी लिँदै कप्तान पदबाट राजीनामा दिएका थिए । तर, उनले सन्यास लिन सक्ने अट्कल काटिएकोमा त्यो भने हुन सकेन । उनले अझै केहि समय क्रिकेट खेल्ने भएका छन् ।

एसिया कप र वर्ल्डकपमा पराजयपछि पाकिस्तानी टोलीका व्यवस्थापक इन्तिखाब आलमले पाँच पेजको रिपोर्ट बोर्डलाई पठाएका थिए । उक्त रिपोर्टमा अफ्रिदीले मैदान भित्र र बाहिर गैरजिम्मेवारीपन देखाएको आरोप लगाइएको थियो । यसपछि उनले कप्तान छोड्ने आशंका पनि गरिएको थियो ।

अफ्रिदीले कप्तान छोडेको एक दिनपछि टोलीका प्रशिक्षक वकार युनुसले पनि राजीनामा दिएका छन् ।


  •  
  •  
  •