अझै तयार भएन राष्ट्रिय सभा गृह

99
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक ।
नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रममा पर्छ, दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन । नेपालले यसअघि सन् १९८७ मा तेस्रो र २००२ मा ११ औं शिखर सम्मेलन गरेको थियो ।

१८ औं शिखर सम्मेलन गर्ने पूर्व सन्ध्यामा रहेको नेपालको तयारी भने पूर्ण रूपमा फिलतो देखिएको छ । सम्मेलन मंसिर १० र ११ मा हुदैछ । सरकारले यस पटक शिखर सम्मेलनका लागि रोजेको हल राष्ट्रिय सभा गृह र यो परिषरको पूर्ण रूपमा तयारी कात्तिक २५ सम्ममा हुनु पर्ने हो । तर बिहीबार सम्ममा पनि पूरा भएको छैन । जहाँ कि सह-सचिब स्तरिय वार्ता मंसिर ६ बाटै हुनेछ ।

राष्ट्रिय सभा गृहको सम्पूर्ण काम कात्तिक २५ भित्रमै सक्ने पटक-पटक भनिदै आएको थियो । मन्त्री, सचिव लगायत परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले दैनिक रूपमै राष्ट्रिय सभा गृह परिषरको यात्रा गरे । तर अन्त्यमा आएर काम सकिएन । प्रधानमन्त्री सुशील कोइराला समक्ष निर्माण कार्यमा संम्लग्न कर्मचारीहरूले कात्तिक ३० सम्मको काम सकाउने मिति मागेका छन् ।

‘काम कहिले सकिन्छ ?’ भन्ने प्रश्नको जवाफमा सार्क कार्यान्वयन इकाई प्रमुख काशीप्रसाद गुप्ताले जवाफ दिए,’मन्त्रीले जतिले सम्म भनेका छन्, त्यहिले नै सकिने छ ।’ उनले परिषरमा पिच र नयाँ बनाइएको ‘होल्डिङ रूम’ को फिनिसिङको काम मात्र रहेको बताए । राष्ट्रिय सभा गृहका काम एक सातामा सकिए पनि त्यो पूर्ण रूपमा स्तरिय काम नहुने पक्का देखिन्छ । काठमाडौं महानगरपालिकाले भवनबाट हराउने भनिएको अफिसहरू हटाइएका छैनन् ।

परिषरमा बिहीबार भेटिएका एक मदजुरले भने,’फिनिसिङ नै भएको छैन । कसरी समयमै कार्यक्रम हुन्छ होला ।’ उनले यति छोटो समयमा बाकी रहेका काम संभव हुन गाह्रो रहेको दाबी गरे ।

तर सभा गृहको फिनिसिङ राम्रोसँग गरे एक साताभन्दा बढी लाग्ने देखिन्छ । परिषर भित्र मुख्य हलको अघि दुवै भागमा सार्क राष्ट्रका देशका झन्डा राखिने पोल राखिएका छन् । मुख्य हलमा सिट राखेर सकिएको छ । सभा गृहलाई सफा गर्न भने अझै बाकी छ । परिषरको बाया भागमा पार्किङ लागि गरिएको पिचको काम सकिएको छ । तर दाया भागमा बाटो सम्याउने काम बाकी नै छ । ‘भवनपछिका भागहरूमा हामीले काम लगभग पूरा गरिसकेका छौं,’ गुप्ताले भने ।

नेपालले तेस्रो सार्क कमदालीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा गरेको थियो । ११ औं हाल सविधान सभाको भवनका रूपमा प्रयोग गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरमा गरिएको थियो ।

सरकारले दुई महिना अघि भने जस्तै समयमै काम नसकेपछि सार्क अघि गर्नु पर्ने अन्य तयारीका काममा थप अन्योलता बढ्ने पक्का छ । तर सरकारी कर्मचारीहरू त्यसलाई मौखिक रूपमा मान्न तयार छैनन् । ‘तर सार्क जस्तो राष्ट्रकै नामसँग जोडिने र सिधै अन्तर्राष्ट्रिय समुदाय पनि आउने कार्यक्रमका लागि सरकारले गरेको फितलो तयारीले कतै देशकै बदनाम त हुने होइन भन्ने खतरा पनि उब्जिएको छ,’ एक सरकारी अधिकृतले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •