सार्कका राष्ट्रप्रमुखहरु काठमाडौं आइपुग्दै

171
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : भोलिबाट सुरु हने १८ औ सार्क शिखर सम्मेलनमा सहभागी हुन आज सार्कका राष्ट्रप्रमुखहरु काठमाडौं आइपुग्दैछन् । सार्कमा सहभागी हुने विशिष्ट पाहुनालाई मन्त्रीहरुले स्वागत गर्नेछन् । सार्कमा सहभागी हुन तीन देशका राष्ट्राध्यक्ष र पाँच जना सरकार प्रमुख नेपाल आइपुग्ने कार्यक्रम छ । उनीहरु मध्ये  श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपक्ष सबै भन्दा पहिला आइपुग्नु हुनेछ । बिहान साढे ९ बजे नै राजापक्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अवतरण गर्नुहुनेछ ।

1593167419_scheduleविमानस्थलमा उहा केही समय बसेर सिधै लुम्विनी भ्रमणका लागि निस्किने छन् । आउने पाहुनाहरु सबैले भारतले उपलव्धा गराएको बुलेट प्रुफ कारको प्रयोग गर्ने भएपनि पाकिस्तानका प्रधानमन्त्रीले भने सुरक्षा दस्तासहित विशेष विमानमा आइपुग्नेछन् । समय तालिका अनुसार सार्कको सबै भन्दा कान्छो राष्ट्र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी दोस्रो पाहुनाका रुपमा १० ः४५ मा नेपाल आइपुग्ने छन् । त्यसको एक घन्टापछि भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे आउने कार्यक्रम छ ।

त्यसको १५ मिनेटमा  माल्दिभ्सका प्रधानमन्त्री अब्दुल्ला यामिन अब्दुल गैयुम आइपुग्नेछन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो दुई र त्यसको एकघण्टाको फरकमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ विमानस्थलमा देखा पर्नेछन्  ।

अन्तिममा ४ ः १५ मा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आइपुग्ने कार्यतालिका छन् ।  सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुख तथा प्रथम महिलालाई शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत वा नियोग प्रमुखले विमानमा नै पुगेर स्वागत गर्नेछन् । राष्ट्रप्रमुखहरु ओर्लेपछि उनीहरूलाई उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव, राष्ट्रपति कार्यालयका सचिवले औपचारिक स्वागत गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •  

Comments are closed.