सार्क सुरक्षा योजना

276
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर (ओएनएस):

अठारौँ सार्क शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले सबै शक्ति लगाउने भएको छ ।चारवटै सुरक्षा निकायलाई एकीकृत ढंगले परिचालन गर्न गृहमन्त्रालयले तयारी थालेका छन् । गृहमन्त्रालयका अनुसार सार्कमा करिव ४० हजार सुरक्षाकर्मीहरु परिचालन हुँदैछन् । ती मध्ये केही सादा पोशाकमा पनि खटिने छन् ।

सार्क सुरक्षा कार्ययोजना अन्तर्गत नेपाली सेना पनि गृह मन्त्रालयको नेतृत्वमा परिचालन हुन लागेको छ ।
आठ देशका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुने सम्मेलनको सुरक्षालाई थप मजबुत बनाउन मोबाइल अवरुद्ध गर्ने उपकरण र सीसीटीभी समेत प्रयोग गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ । सुरक्षाका लागिथ नै निजी विमानको उडान पनि अवरुद्ध गरिनेछ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सुरक्षाको तयारी लभग पुरा भइसकेको र परिचालन हुनमात्रै बाँकी रहेको जानकारी दिए । उनले बरिव ४० हजार सुरक्षा कर्मी सार्कको सुरक्षामा खटाउन लागिउको पनि बताए ।

विशिष्ट पाहुनाहरुले भ्रमण गर्ने लुम्बिनी, जनकपुर, धुलीखेल र मुक्तिनाथमा परिचालन हुने सुरक्षाकर्मीको संख्या एकीकृत ढंगले समेटिएको छ ।’हामीले सबै तयारी पुरा गरिसकेका छौ’ प्रवक्ता ढकालले भने, ‘अब परिचालन र केही प्राविधक कुरा बाँकी छ केही कुरा मिडियाबाट बाहिर आउनेछन् केही गोप्य राखिनेछ ।’

सार्क सम्मेलन अवधिभर गृहसचिव, रक्षा सचिव र चारवटै सुरक्षा निकायका प्रमुख एकै ठाउँमा कसेर योजना बनाउने, निदीशन दिने र रिपोटिङ लिने काम गर्ने याजना पनि बनेको छ। गृहसचिव, रक्षा सचिव र चारवटै सुरक्षा प्रमुख रहेको केन्द्रिय निर्देशन समिति गठन गरिएको छ ।

नेपाल आउन लागेका अति विशिष्ट पाहुनाहरुको सुरक्षालाई लक्षित गरी यसपटक प्रविधिको प्रयोगलाई पनि विशेष जोड दिइएको अधिकारीहरुले बताएका छन्।

सडकमा सीसीटीभि

सार्कमा आउने अति विशिष्ट पाहुनाको सुरक्षाका लागि सडकमा समेत सीसीटीचि जडान गरिएका छन् । विमानस्थल देखी उनीहरु चढेको गाडी गुड्ने सडक, बस्ने होटल र सम्मेलनस्थल राष्ट्रिय सभागृहमा थप २ सयभन्दा बढी सीसीटीभी जडान गरिएको गृहमन्त्रालयले जनाएको छ । अति विशिष्ट पहुनाहरु हिड्दा सवारी रुटमा मोबाइल सिग्नल अवरुद्ध बनाउन पहिलो पटक ४ वटा ज्यामर उपकरणहरु प्रयोग गर्न लागिएको छ। त्यसका लागि नेपाल टेलिकमले काम थालिसकेको छ ।

हालसम्म विभिन्न उपसमितिहरुबाट विमानस्थल, आवासस्थल, रिटि्रटस्थल, सवारी मार्ग र अतिरिक्त कार्यक्रम स्थलहरुको रेकी तथा समन्वय गर्ने कार्य भईसकेको छ । ‘रक्षालगायतका व्यवस्था मिलाउन उपप्रधान तथा गृहमन्त्री वामदेवको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात व्यवस्था समिति’ गठन गरेको छ ।

त्यसैगरी नेपाली सेनाका बलाधिकृतरथी पवनबहादुर पाण्डेको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात नियन्त्रण समन्वय समिति’ गठन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


  •  
  •  
  •