सार्क शिखर सम्मेलनको प्रक्रिया सुरु

111
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) :  १८औं सार्क शिखर सम्मेलनका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । आज शनिवारदखि विभिन्न चरणका प्रक्रियागत वैठकहरु सुरु भएक छन् । आज पहिलो दिन सचिव स्तरीय बैठक शुरु हुँदैछ । शनिबार सरकारले सार्कको सबै तयारी पुरा भएको शुक्रबार सरकारले बताएको थियो ।

सचिव स्तरीय बैठक शुरु भएसँगै सार्क सम्मेलन प्रक्रियागत रुपमा शुरु भएको मानिन्छ । आठै मुलुकका परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुखहरूको बैठक शनिबार सोल्टी होटलमा बस्नेछ । त्यसले सबै विषय उठान र पहिचान गर्ने छ ।

यसले हरेक मुलुकका समस्या र समाधानमा छलफल गर्नेछ । अघिल्लो सम्मेलनमा भएका सहमति र तिनको कार्यावन्यनका अवस्था मूल्यांकन गर्नेछ । र, त्यसले आइतबारदेखि दुई दिन चल्ने परराष्ट्र सचिवस्तरको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ ।

सार्कमा यस क्षेत्रको गरिबी उन्मूलन, आतंकवादबाट मुक्ति, स्वतन्त्र ब्यापार, गुणस्तरीय शिक्षा, निर्वाध आवतजावत, खाद्य सुरक्षालगायत दर्जनौं विषय छन् ।

सम्मेलनमा सार्क सदस्य राष्ट्रका सचिवहरुको सहभागिता रहनेछ । बैठकमा सार्कको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । सार्क शिखर सम्मेलनको औपचारिक उद्घाटन भने आउँदो १० गते हुनेछ ।


  •  
  •  
  •